मानवतामाथिको कालो धब्बा, सय दिनमा ८ लाखको हत्या

एजेन्सी । ‘जुन दिन मेरो छोराकाे हत्या भयो त्यस विहान उनले आफ्नो साथीलाई भनेका थिए उनको घाँटी पनि कसैले काट्नेछ । जब जब मलाई उसको यो कुरा याद आउँछ म भित्रदेखि नै टुट्छु । उक्त दिन सेलिस्टिनल हमला मेरो घरमा गर्यो । उनको हातमा लामो लामो चाकु र तलवार थियो । हामी हाम्रो ज्यान बचाएर घरबाट भाग्ने कोशिस गर्यौ तर सेलिस्टिनले आफ्नो तलवार अर्थात हतियारले दुई बच्चाहरुको गर्धनमा काटे ।’

यी शब्दहरु हुन् रुवाण्डाका तुत्सी र हुतु समुदायकाबीच भएको भयानक नरसंहारको घटनाबाट बाचेकी एक आमा ऐन–मेरी उवीमानाको । उवीमानाका बच्चालाई मार्नेहरु शख्स सेलिस्टन कोही अरु होइन उनकै छिमेकी थिए । सेलिस्टिन जस्तै हुतु समुदायसंग जाडिएका सम्पूर्णले ७ अप्रिल १९९४ देखि अगाडिका सय दिनसम्म तुत्सी समुदायसंग जोडी राख्नेहरु आफ्नै छिमेकी , आफ्नो श्रीमती र नेतादारलाई मार्न सुरु गरेका थिए ।

उक्त समयमा लगभग आठ लाख जनाले ज्यान गुमाएका थिए । तुत्सी समुदायका सबै महिलाहरुलाई ‘यौन दासी’ बनाएर राखियो । त्यो नरसंहारमा हुतु जनजातिसंग जोडिएका चरमपन्थीले अल्पसंख्यक तुत्सी समुदायका मानिसहरु र आफ्नो राजनीतिक विरोधीलाई निशाना बनाए । रुवाण्डाको कुल जनसंख्यामा हुतु समुदायको उपस्थिति ८५ प्रतिशत रहेको बीबीसीमा उल्लेख छ । त्यसैले पनि लामो समयदेखि तुत्सी अल्पसंख्यकमाथि रुवाण्डामा लामो समयदेखि दमन भइरहेको थियो ।

यसरी भयो द्धन्द्धको विजारोपण

सन १९५९ मा हुतु समुदायले तुत्सी राजतन्त्रलाई उखालेर फ्याक्यो । त्यसपछि हजारौँ तुत्सी आफ्नो ज्यान बचाएर युगाण्डा समेत दोस्रो छिमेकी मुलकमा पलायन गराए । त्यसपछि एक निष्कासित तुत्सी समूहले विद्रोह संगठन रवांडा पैट्रिक फ्रन्ट बनायो । उक्त संगठन १९९० मा रुवाण्डा आयो र संघर्ष सुरु भयो । उक्त लडाई १९९३ मा शान्ति सम्झौतामा पुगेर टुंगियो । तर ६ अप्रिल १९९४ को रात तत्कालीन राष्ट्रपति जुवेनल हावयारिमाना र बुरुण्डीका राष्ट्रपति केपरियल नतारयामिरालाई लिएर गइरहेको विमान रुवाण्डामा खस्यो । विमानमा सवार सबै जना मारिए ।

उक्त जहाज कसले खसालेको थियो त्यो भने अहिले सम्म पत्ता लाग्न सकेको छैन । केही व्यक्तिले यसको लागि हुतु चरमपन्थीलाई जिम्मेवार मान्दै आएका छन् । ती दुई नेता हुतु जनजातिसंग आएका थिए त्यसैले हुतु चरमपन्थी आरपीएफलाई जिम्मेवार ठहराए । त्यसपछि तुरुन्तै हत्या सुरु भयो । आरपीएफले आरोप लगायो विमान हुतु चरममन्थीले खसाएको होइन तर नरसंहारको वहाना भने यही जहाज प्रकरण बन्न पुग्यो ।

पुरुषलाई मारियो , महिलालाई यौनदासी बनाइयो

नरसंहार हुनु अगाडि धेरै सावधानी पूर्व चरमपन्थी सरकारको आलोचना गर्नेहरुको नाम भएको सूची दिए । त्यसपछि सूचीमा सामेल भएकाहरुको परिवार पनि संगै मार्न सुरु गरियो । हुतु समुदायसंग जोडिएकाहरुले आफ्नो तुत्सी समुदायका छिमेकीलाई मारे । त्यो मात्र नभइ हुतु युवाले आफ्ना श्रीमतीलाई समेत मार्न पछि परेनन । उनीहरुले त्यस्तो नगरे उनीहरु नै मारिने खतरा थियो । त्यो समय हरेक व्यक्तिसंग भएको परिचयपत्रमा उसको जनजातिको पनि उल्लेख हुन्थ्यो । त्यसैले युवाहरुले सडकमा नाकबन्दी गरेका थिए । जहाँ छानी छानी तुत्सी समुदायका मानिसहरुको हत्या गरियो । हजारौँ तुत्सी महिलाहरुको अपहरण गरेर उनीहरुलाई ‘यौन दासी’को रुपमा राखियो ।

रेडियोबाट आवाज आयोः तिलचट्टोलाई साफ गर

रुवाण्डा धेरै नियन्त्रित समाज रहेको थियो । जिल्लादेखि लिएर सरकारसम्म । त्यो समयको पार्टी एमआरएनडीका युवा शाखा भयंकर डरलाग्दो थियो । त्यसमा पनि युवा समूहको नेतृत्व गर्ने इंतेराहाम्बेले हत्यालाई प्राथमिकतामा राखेर हिंसा भड्कायो । स्थानीय समूहलाई हतियार र हत्या गर्नेको सूची दिइएपछि सुरु भएको थियो उनीहरुको भाषामा ‘शिकार’ । हुतु चरमपन्थीले एक रेडिया स्टेशन स्थापित गरे, ुआरटीएलएमु र एक अखबार शुरु गरे जसले घृणाको प्रोगाण्डा फैलाएको थियो । त्यसमा खुलेआम आव्हान गरिएको थियो ‘तिलचट्टोलाई साफ गर यसको मतलव तुत्सीलाई मार ।

प्रमुख व्यक्तिहरु मारिएको खण्डमा उनीहरुको नाम रेडियोमा प्रसारित गरिन्थ्यो । पादरी र ननोँहरुको पनि उनीहरुले गरेको हत्यामा नाम आयो जो चर्चमा शरण माग्न गएका थिए । १०० दिनको उक्त नरसंहारमा लगभग ८ लाख तुत्सी र उदारवादी हुतु मारिएका थिए ।

शक्ति राष्ट्रहरु किन चुप ?

रुवाण्डामा संयुक्त राष्ट्रसंघ र बेल्जियमका सेना थिए तर उनीहरुले हत्या रोक्नको लागि अनुमति दिएनन् । सोमालियामा अमेरिकी सैनिकको हत्याको एक वर्षपछि अमेरिकाले तयार पारेको योजना अनुरुप अफ्रिका विवादमा पर्दैन भनिएको थियो ।

बेल्जियमका १० सैनिकहरु मारिए पछि बेल्जियम र संयुक्त राष्ट्रले आफ्नो शक्ति सैनिकलाई फिर्ता बोलाए । हुतु सरकारको सहयोगी फ्रान्सले आफ्ना नागरिकलाई बाहिर निकाल्नका लागि एक विशेष सैन्य दस्ता पठाए र एक सुरक्षित इलाका बनाए । तर उनीहरुमाथि आरोप छ की उनीहरुले उक्त हत्यालाई रोक्नका लागि केही पनि गरेनन् ।

रुवाण्डाका वर्तमान राष्ट्रपति पाँल कागामेले फ्रान्समाथि आरोप लगाएका छन कि उसले उनीहरुलाई नै समर्थन दियो जसले हत्या गरेका थिए । तर पेरिसले त्यसलाई इन्कार गर्दै आएको छ ।

कसरी अन्त्य भयो त नरसंहार ?

युगाण्डा सेना समर्थित , सुव्यवस्थित आरपीएफले विस्तारै विस्तारै धेरै भन्दा भन्दा धेरै इलाका कब्जा गरे । ४ जुलाई १९९४ मा उनीहरुको लडाकुहरु राजधानी किगालीमा प्रवेश गरे । बदला र कारबाहीको डर जहाँ २० लाख हुतु थिए जो हत्यामा संलग्नहरु बढी थिए । उनीहरु पछि पलायन भए छिमेकी मुलुक लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पुगेका थिए भने केही ताञ्जानिया र बुरुण्डी पुगेका थिए ।

मानवअधिकार संस्थाका अनुसार सत्ताको कब्जा गरेपछि आरपीएपका लडाकुले हजारौँ हुतु नागरिकहरुको हत्या गरेका थिए । त्यो भन्दा धेरै हत्या तिनीहरुले कंगोमा पनि गरे । यद्धपि आरपीएफले त्यसलाई इन्कार गरेको थियो । कंगोमा हजारौँलाई मारिएको थियो । समर्थन समूहहरुले आरोप लगाएका छन कि उनीहरु अधिकांश हुतु समुदायका लडाकुहरु एवं सहयोगी थिए ।

डेमोक्रेटिक रिपब्लिका बन्द कांगोमा के भयो ?

रुवाण्डामा यो समय आरपीएफ सत्तामा छ । त्यसको समर्थित सेनाको भिडन्त कंगोका सेना र हुतु लडाकुसंग भयो । विद्रोही समूहले कंगोको राजधानी किन्शासाको र मार्च गरेको रुवाण्डाले समर्थन गरे । तिनीहरुले मोबुतु सेसे सेकोका सरकारलाई उल्ट्याएर लरेन्ट कबीलालाई राष्ट्रपति बनाएका थिए ।

तर नयाँ राष्ट्रपति हुतु लडाकुलाई नियन्त्रित गर्ने प्रति तटस्त देखिए । र त्यसको कारण जुन युद्धा शुरु भयो जुन ६ वटा राष्ट्रमा फैलियो र त्यस्ता स सना लडाकु समुह बने जो खनिज सम्पन्न देशका अलग अलग भागमा कब्जा गर्नको लागि लडिरहेका थिए ।
त्यो विवादको कारण करीब ५० लाख मानिस मारिएको अनुमान गरिएको छ । जस्को अन्त्य २००३ मा भयो । केही हतियारधारीहरुको समुह अहिले पनि रुवाण्डाका सीमाको वरपर अस्तित्वमा छन् ।

के कसैलाई सजाय मिल्यो त ?

रुवाण्डा नरसंहारको धरै बर्षपछि २००२ मा एक अन्तर्राष्ट्रिय अपराध अदालतको गठन भयो तर त्यसमा हत्याको जिम्मेवार मानिएकाहरु सजाय दिइएन । त्यसको सट्टा दोषीलाई सजाय दिनको लागि संयुक्त राष्ट्र सुरक्षा परिषदले तन्जानियमा एक इन्टरनेशनल क्रिमिलन ट्रिब्यूनल बनायो ।

कुल ९३ मानिसहरुलाई दोषी ठहरिए र पूर्व सरकारका दर्जनौ हुतु अधिकारीलाई पनि सजाय दिइयो । रुवाण्डामा सामाजिक अदालत बनाइयो ताकी नरसंहारका लागि जिम्मेवार हजारौ शंकास्पद माथि मुद्दा चलाउन सकोस । एक भनाइ अनुसार मुद्दा चलाउन भन्दा पहिला १० हजार मानिसहरुको मृत्यु जेलमा भयो । एक दशकको लागि ती अदालतहरु सबै देशमा हरेक साप्ताहिक बजार लागे जस्तो देखिन्थ्यो , प्राय ती बजारहरु वा रुखमा जस्तो देखिन्थ्यो त्यहाँ समाधान गर्न १२ लाख मुद्धाहरु थिए ।

त्यो समय रुवाण्डामा हालत कस्तो थियो ?

आन्तरिक संघर्षबाट टुटेका रुवाण्डालाई सही दिशा र शान्तिको बाटोमा लानको लागि राष्ट्रपति पाँल कागामेलाई श्रेय दिइएको छ । जसको नीतिले देशमा तीब्र आर्थिक विकास हुने आधार बनायो । उनीहरुले रुवाण्डालाई टेक्नोलोजी हब बनाउने कोशिस गरे र जो आफै ट्वीटरमा सक्रिय रहेका थिए । अहिले यो देशमा जातीय द्धेष फैल्याउने कुरा र काम गर्न निषेध गरिएको छ ।