अब कलाकारलाई रेडियो टेलिविजन चाहिदैन

युटुबमा करोड हेरिएका गीतको कलाकारको स्तर-जसलाइ गाउँमा कसैले चिन्दैन,टेलिभिजन र रेडियोलाई हेप्दाको परिणाम -कमल सरगम
65
SHARES
कमल सरगम – पछिल्लो समयमा प्रविधिलाई कलाकारले हेर्ने दृष्टिकोणमा ब्यापक परिवर्तन आएको छ।हिजो रेडियो टेलिभिजनबाट आफुलाई चिनाउने कलाकार अहिले सोसल मिडिया ‘युटुब,फेसबुक’लगाएतका सामाजिक संजालबाट आफुलाई परिचित बनाउने गर्दछन।प्रविधिको प्रयोग हुनुमा जरुरी छ,प्रबिधि संग जसले आफुलाई संगै लिएर हिड्न सक्छ त्यो व्यक्ति सफल भएका उदाहरण छर्लङ्ग देख्न सक्छौ।कतिपय प्रविधिमा फड्को मार्दै गर्दा पुरानो प्रबिधिलाइ छाड्दै हिडेको पनि देखिन्छ यसमा कतिपय आवश्यक पनि छ र कतिपय अनावश्यक पनि छ।

कहाँबाट सुरु भयो रेडियो/टेलिभिजन? रेडियो,टेलिभिजन कुनै समय कलाकारको एउटा अंगनै मानिन्थ्यो,रेडियोमा गीत बज्नु त्यो कलाकार तिनै श्रोता संग बोलिरहेको जस्तै हुन्थ्यो भने टेलिभिजनमा कलाकारको भिडियो प्रसारण हुदा दर्शकले कलाकारलाई देख्ने चाहना पुरा हुन्थ्यो।दुर दराज देखि सहर बजार सम्म रेडियो टेलिभिजनलाइ प्रमुख संचार माध्यमको रुपमा हेरिन्थ्यो भने पत्रिका पनि एउटा सुचनाको श्रोतनै थियो।रेडियो नेपालबाट नेपालमा रेडियोको प्रशारण सुभारम्भ भएको थियो भने नेपाल टेलिभिजनबाट नेपालमा टेलिभिजनको सुभारम्भ भएको थियो।दुवै सरकारी संचारमाध्यम भएको हुदा त्यो समय जनताको त्यति चाहना भने पुरा हुने थिएन तर सुन्ने र हेर्ने सपना भने पुरा गरिदिएका थिए त्यो समयको राज्य ब्यबस्थापकले।

जनताको शासन भित्रिदै गर्दा बिस्तारै नेपालमा एफ एमको सुरुवात हुन थाल्यो भने बिभिन्न राष्ट्रिय टेलिभिजनहरु पनि खुल्न थाले।प्रबिधि यस्तो सम्म भित्रिदै आयोकी मोबाइलमै रेडियो मोबाइलमै टेलिभिजन मजाले हेर्न र सुन्न सकिने भयो।न समयको समय र सुचना संगै प्राप्त गर्न सक्ने भए नेपाली जनताले।त्यो आवश्यकता पनि थियो।त्यो समय रेडियो टेलिभिजनलाइ सरकारले खोल्ने अनुमति दिए संगै गाउँ गाउँमा स्थानिय रेडियो टेलिभिजन को जन्म हुन थाल्यो।यसले अझ गाउँ गाउँको समाचार तथा सुचना सहजै सुन्न र हेर्न पाउने भए स्थानीय जनताले।

सुचनाको पहुजमा नजिक हुदै गर्दा हाल नेपालमा ६ सय भन्दा बढी एफ एम रेडियो छन भने २ सय भन्दा बढी टेलिभिजनहरु नेपालमा रहेको छ।रेडियो टेलिभिजन संचालनमा आइरहदा एता राजनीतिज्ञ देखि कलाकार सम्मको नजर रेडियो टेलिभिजनमा खासै देखिन्न।पछिल्लो समयमा सोसल मिडियामा बढी व्यस्त हुने कलाकारहरुले उक्त प्रविधिको भने दुरुपयोग गरेकै पाईन्छ।सुचनाको प्रभाह रेडियो टेलिभिजननै पहिलो हो ग्रामिण भेगमा तर रेडियो टेलिभिजनलाइ चासोले हेर्ने व्यक्तिहरुको सोचाइमा भने पुरै परिवर्तन आएको छ।अझै पनि सामाजिक संजालमा प्रयोग गर्न नसक्ने नेपालीहरु हेर्ने हो भने ७०% देखिन्छन।साढे ३ करोड नेपाली बस्ने नेपालमा ३०% ले मात्रै सामाजिक संजाललाइ प्रयोग गरेको पाईन्छ भने बाँकी नेपालीले अझै रेडियो टेलिभिजनलाइ नै सुचनाको पहिलो श्रोत मान्ने गरेको पाईन्छ।

हेर्ने प्रविधिको बिकास सुन्ने प्रविधिको बिनास : कुनै समय समाचार होस् या सुचना,गीत संगीत होस् या नाटक,बिचार विश्लेषण होस् या बिज्ञापन बिहानको ४ बजे देखि घरको एउटा कुनामा राखेर रातको ११ बजे सम्म काम गर्दै सुन्ने एउटा माध्यम थियो रेडियो,जुन बेलामा रेडियो नेपाल मात्रै थियो गाउँ गाउँमा बिजुली संगै ग्रामिण भेगलाई लक्षित गरेर स्थानीय रेडियोको जन्म हुन थाल्यो,हरेकले आफ्नो आवाज रेडियोमा राख्न पाउने सुबिधा भयो।दुख देखि सुख सम्मको साथि बन्न थाल्यो रेडियो,टाढाको मित्रता नजिक बनाउने एउटा सजिलो माध्यम बन्यो रेडियो,कलाकारको पहिलो सुचनाको प्रशारण माध्यम बन्यो एफ एम रेडियो,हरेकको पहिलो रोजाई बन्यो एफ एम रेडियो।आज भन्दा ३/४ बर्ष अगाडी हरेकको पहिलो रोजाईमा देखिने एफ एम रेडियोलाई अहिलेको समयमा भने खासै बिशेष रुपमा हेर्ने गरेको पाईन्न।संचार सुचनाको श्रोत हो त्यो सबैलाई अबगतनै छ तर अहिले संचार र सुचना सामाजिक संजाललाइ लिने गरिन्छ।सोसल मिडियामा एक्टिभ देखिने कलाकार देखि राजनीतिज्ञ सम्मका व्यक्तिलाई अहिले रेडियोको खासै महत्व पाईन्न।चुनावको समयमा चाहे बिशेष व्यक्तिलेनै किन नहोस सामाजिक संजाललाईनै सुचनाको पहिलो श्रोत मानेर भोट माग्न थाले।यसले ग्रामिण भेगलाई भने आफ्नो कब्जामा राख्न सक्दैन जसले गर्दा पनि सोचे जस्तो भोट प्राप्त गर्न सक्दैनन् नेतृत्व कर्ताहरुले। सुन्ने प्रविधिलाई पछिल्लो समय मुख्य संचारमाध्यमको रुपमा हेर्न छाडिएको छ।कुनै समय प्रसस्तै सुनिने रेडियो अहिले सुनसान जस्तै हुन्छ।रेडियोमा बोल्ने प्रस्तोतालाई खोज्ने व्यक्तिहरु अहिले फेसबुक,युटुबलाइ आफ्नो मुख्य श्रोतमा बदल्छन भने नया पिढीको कथालाई रेडियोले न समेट्दा रेडियो सुन्ने श्रोताको कमि भएको देख्न सक्छौ।तर ग्रामिण भेगमा भने रेडियोनै पहिलो सुचनाको श्रोत हो।

एता टेलिभिजनको पनि अबस्था उस्तै छ।सुन्ने भन्दा हेर्नेको शंख्या बढेको भन्दै टेलिभिजनको विस्तार हुन थाल्यो।गाउँ गाउँमा टेलिभिजन खुल्न थाल्यो भने शहर बजारमा पनि प्रसस्तै केवल च्यानलहरुको सुरुवात भए।हेर्ने प्रविधिको जति बिकास भयो उति प्रयोग भने हुन सकेन।टेलिभिजनले जुन रुपमा आफुलाई सोचेर प्रशारण गर्यो त्यस्तो फड्को मार्न भने सकेन कारण थियो जनताको चाहना अनुरुपको कार्यक्रम प्रशारण नहुनु।टेलिभिजनमा जुन रुपमा लगानी गरिएको हुन्छ त्यो श्रोतलाइ प्रयोग पनि उही रुपमा गरेको पाईन्न।अधिकांश राष्ट्रिय टेलिभिजनहरुको पनि पछिल्लो समय त्यस्तो राम्रो पहुज देख्न सकिन्न। टेलिभिजन भन्दा पहिले युटुब हेर्न दर्शक लालाहित भए पछि टेलिभिजनले आफ्नो स्तरलाई उचाईमा पुर्याउन सकेन भने टेलिभिजन साचालकहरुले समेत उक्त पीडालाई बाहिर ल्याउन सकेनन् जसले गर्दा टेलिभिजन पछिल्लो समय हेर्ने माध्यममा पछाडी धकेलिन पुगेको हो तर सुन्ने भन्दा हेर्ने प्रविधिको भने बिकास भएको हो।प्रबिधि परिवर्तन भए पनि प्रबिधि संग लड्ने क्षेमता अहिले व्यक्तिबाट देखिन्न।

यसकारण रेडियो टेलिभिजन कलाकारको नजरमा शुन्य: युटुब/फेसबुकमा कति दर्शकले हेरे भनेर नाप्ने यन्त्र छ भने रेडियो टेलिभिजन लाइभ कतिजनाले सुन्दै र हेर्दै छन भन्ने यन्त्रको निर्माण नहुदा रेडियो र टेलिभिजन कलाकारहरुको नजरमा शुन्य हुन पुगेको मानिन्छ तर यसलाई गलत सोचाई हो भन्दा फरक पर्दैन।माथी उल्लेख गरिए अनुसार ७० प्रतिशत नेपालीले अझै पनि युटुब फेसबुक चलाउन सक्दैनन्।जस कारण आनन्दले घरमै बसी बसी बजारमा आएका चलचित्र,गीत संगीत,डकुमेन्ट्री हेर्ने र सुन्ने अवसर प्राप्त गर्न सक्दैनन् जसकारण रेडियो र टेलिभिजननै बाध्यताले आफ्नो सुचनाको श्रोत मान्न तयार छन नेपालीहरु।तर यता कलाकारहरुमा भने आफ्नो सोचाई बदलिएको छ।हाल चर्चामा रहेका संचारमाध्यमनै सुचनाको पहिलो श्रोत मान्न थालेका छन कलाकारहरु।युटुबले दिने रोयल्टी र युटुबमा देखिने शंख्यालाइ आधिकारिक रुपमा लिने गरेको पाईन्छ कलालारले जस कारण पनि रेडियो टेलिभिजन कलाकारको नजरमा शुन्य नै देखिन्छ।

सृजना करोडको क्लबमा तर चर्चा शुन्यमा : कलाकारले अब सोच बदल्नु पर्ने अबस्था बाहिर देखिन्छ।अधिकांश बेला महोत्सवमा कलाकारलाईनै लक्षित गरिएको पाईन्छ।युटुब भियोर्समा करोडको क्लबमा प्रबेस भएका अधिकंश कलाकारहरु स्टेजमा ५ प्रतिशत दर्शकको माया पाउन समेत सकेको हुन्नन्।हामी करोड श्रोता दर्शकको मायामा भन्दा पनि करोड युटुब भियोर्सको मायामा लोभित हुने गर्दछौ।३ करोड नेपाली मध्ये ४० लाख नेपालीले पनि युटुबलाइ आफ्नो संचारमाध्यमको रुपमा लिएको छैनन् तर हामी तिनै माध्यम नेपालको नम्बर १ सुचनाकेन्द्रमा ढाल्ने गर्दछौ यसैले पनि हाम्रो चेतनाको स्तरमा कमि देखिन्छ।आधुनिकी सुचनाको लागि युटुब र फेसबुक श्रोत हो भने यसलाई पहिलो श्रोतको रुपमा लिनु हामीमा दुर्भाग्यपूर्ण अवस्था हुन्छ।

यसकारण रेडियो सुचनाको पहिलो श्रोत : रेडियो बिहान उठ्ने बितिकै सहि समयमा सहि समाचार,मनोरञ्जन,एक साथ् प्रशारण हुने गर्दछ भने यसलाई सुचनाको पहिलो श्रोत मानिन्छ।केन्द्रबाट संचालित रेडियो संगै स्थानीय तहमा रहेका रेडियोहरुको सहकार्यलाइ हेर्ने हो भने रेडियो सहकार्य सुचनाको पनि पहिलो संचारमाध्यम नै हो।नेटवर्कबाट देशभर एक साथ् जोडिने माध्यम रेडियो देखिन्छ भने अन्य संचारमाध्यमलाइ प्रयोग गर्न बिभिन्न सामग्रीको सदुपयोग गर्नु पर्ने हुन्छ।रेडियो किने पछि न बिग्रने बेला सम्म निशुल्क सुन्न सकिन्छ भने अन्य संचारमाध्यममा हामीले क्रम संग खर्चिनु पर्ने हुन्छ।एक ठाउँको सुचना अर्को ठाउँ सम्म पुर्याउन तत्काल रेडियोले ठुलो भूमिका खेलेकै पाइन्छ यसकारण रेडियो दर्शक श्रोताको पहिलो सुचनाको आधार हो। अन्तिममा :रेडियोलाई ग्रामिण भेगमा सुन्ने अवस्थाको सृजना हुदै गर्दा सहरी क्षेत्रमा बस्ने नेपालीहरुले पनि सहजै ग्रामिण क्षेत्रको सूचनालाई ग्रामिण क्षेत्रकै रेडियोबाट सुन्न सकिने सुबिधाको समेत निर्माण भएको छ तर ति सुबिधा सदुपयोगमा भने प्रसस्त रुपमा लिन सकिन्न। यसलाई आधिकारिक रुपमा फ्रिक्वेन्सीनै घुमाउन बाध्य हुने देखिन्छ।ग्रामिण भेगमा संचालित् सूचना सामग्रीलाई स्तरीयतामा ढाल्न हरेक व्यक्ति लागि पर्नु पर्ने अबस्था छर्लङ्ग छ।