अज्ञात समूहले काठमाडौँको बौद्धमा दिउँसै खुकुरी देखाएर साढे ३ लाख लुटे

काठमाडौँ – काठमाडौंको बौद्दमा अज्ञात समूहले लुटपाट गरेका छन्।बौद्दस्थित पाथीभरा मनी ट्रान्सफर एवं मनिचेन्जरबाट अज्ञात समूहले साढे ३ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।मोटरसाइकलमा आएका तीन जनाले खुकुरी देखाएर साढे ३ लाख रुपैयाँ लुटेको बताइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मनी चेन्जरका संचालक रवि श्रेष्ठले नबिल बैंकको शाखाबाट रकम झिकेर मनी ट्रान्सफरमाभित्र लैजाँदै गर्दा अज्ञात समूहले लुटपाट गरेको बताइएको छ । रकम लुटेर भगेकाहरुको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।