सन्दीपपछि चम्किए नेपाली बलर सर्राफ, विश्वकप छनोटमा देखाए आफ्नो चमात्कारिक क्षमता

काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटको महाकुम्भ मानिने आइपीएलदेखि विभिन्न अन्तर्राष्ट्रिय म्याच खेलिरहेका छन् । उनी नेपालको राष्ट्रिय टिममा सदस्य पनि हुन् । तर, अन्तर्राष्ट्रिय विभिन्न क्लबमा आफ्नो बलिङको क्षमता देखाएर विश्वको ध्यान तानिरहेका छन् । यसै बेला अर्का नेपाली बलर चम्किएका छन्, उनी हुन् पवन सर्राफ ।

मलेसियामा शुक्रबारदेखि सुरु आइसीसी यू–१९ विश्वकपको छनोटमा नेपालले सिंगापुरलाई दुई सय १७ रनले पराजित गर्दै शानदार सुरुवात गरेका बेला उनी आफ्नो क्षमता देखाएका हुन् । नेपालको जितमा ब्याटिङतर्फ रोहित पौडेल चम्किँदा बलिङतर्फ पवन सर्राफले शानदार प्रदर्शन गरे। रोहितको ९५ रन मदतमा नेपालले ४६ ओभरमा सबै विकेट गुमाएर दुई सय ८२ रन जोडेको थियो।

सिंगापुरले ३१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा सिमित भयो। सिंगापुरलाई सस्तोमा समेट्न सर्राफले तीन विकेट लिए। उनले ६ ओभरमा पाँच मेडन राख्दै केवल पाँच रन दिए। कुशल मल्ल र सुर्य तामाङको नाममा दुई दुई विकेट रह्यो।

नेपालले शनिबार यूएईसँग खेल्ने छ। विश्वकपको एसियाली छनोटमा सहभागी ६ टोलीमध्ये राउन्ड रोविन आधारमा शीर्ष स्थानमा रहने टोली विश्वकपमा पुग्नेछ।

अन्य समाचार

कप्तान रोहितको उत्कृष्ट प्रदर्शनसँगै नेपालको शानदार जित, सिंगापुर पराजित

काठमाडौँ । मलेसियामा जारी यू–१९ एक दिवसीय विश्वकप क्रिकेट एसिया छनोट प्रतियोगिता अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको खेलमा नेपालले सिंगापुरलाई २१७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

पहिले व्याटिङ गरेको नेपालले ४६ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै २८२ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वा्धिक ९५ रन बनाएका थिए। नेपालको तर्फबाट उत्कृष्ट व्याटिङ गर्ने क्रममा रासिद खानले ४८, पवन सरार्फले ४७, कमलसिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाएका थिए। बलिङतर्फ नेपालका पवन सरार्फले सर्वा्धिक ३ तथा कुशल मल्ल र सूर्य तामाङले दुई–दुई विकेट लिए।

२८३ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ ओभरमा आफ्ना सवै विकेट गुमाउँदै जम्मा ६५ रनमा अलआउट भएको छ। सिंगापुरका लागि इशान सवानीले सर्वा्धिक २८ र साई भेनगोपालले १८ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिङतर्फ सिंगापुरका अथर्भ गुनेले सार्व्धिक चार विकेट लिए।