‘सारेगमप’मा तहल्का मच्चाउँदै नेपालका दुइ बाल प्रतिभा प्रितम र आयुष:हेर्नुहोस

काठमाडौं। भारतका लाखौ बाल कलाकारहरुबाट छानिएर आएका गायनमा रुची भएका बाल कलाकारहरु यतिबेला चर्चित सिङ्गीङ रियालिटी शो सारेगमप लिटिल च्याममा आफ्नो जोडदार प्रस्तुति दिदै आफ्नो हुनर देखाइरहेका छन् ।

खुसीको कुरा त के छ भने उक्त चर्चित शोमा नेपालका दुइ होनहार बाल प्रतिभा पनि सामेल छन् । भक्तपुर् ठिमीका आयुष केसी र इटहरी नेपालका प्रितम आचार्यले उक्त शोमा सहभागिता मात्र जनाएका छैनन् आफुलाई शोको मुख्य दाबेदारका रुपमा साबित गर्दै आएका छन् ।

विभिन्न ठाउमा अडिसन गर्दै शुरु भएको सारेगमप लिटिल च्याममाको ताजा समिकरणमा टप १४ को टुंगो लागेको छ । अघिल्लो हप्ता टप १५ मा पुगेका प्रतिस्पर्धीको बिचको केहि हप्तामा भएको प्रस्तुतिलाई जज र जुरिजजले गरेको निर्णयका आधारमा टप १४ को टुंगो लागेको हो । विभिन्न किसिमका गीत गाउन सक्ने ट्यालेन्ट प्रतिभाबाट छानिदै टप १४ मा नेपालका प्रितम आचार्य र आयुष केसी पनि पुग्न सफल भएका छन् ।

निकै सुरिलो स्वरका धनि प्रितम र आयुषले आफ्नो गायनमा सबैलाई फिदा बनाएका छन् । यतिबेला उनिहरुको चर्चा भारत,नेपालमा मात्र देश बिदेशमा भइरहेको छ । बिशेष गरेर संसारभर छरिएर रहेका नेपालीहरुले नेपाली बाल कलाकारले हासिल गरेको सफलताले गर्व महसुस गरेका छन् ।

भारतमा चलिरहेको चर्चित शोमा सहभागिता जनाएर टप १४ मा पुग्दै आफुलाई अब्बल साबित गर्दै जानु चानचुने कुरा पक्कै होइन । नेपाली भाषा बोल्ने उनीहरुले हिन्दि भाषाको कार्यक्रममा सहभागिता जनाउनु र हिन्दि गीत गाउनु आफैमा चुनौती हो ।

त्यो चुनौती र भाषिक कठिनाइका बाबजुत पनि प्रितम र आयुषले गरिरहेको संघर्ष र हासिल गरिरहेको सफलताको अगाडी सबै नेपाली नतमस्तक भएका छन् । आगामी दिनमा प्रितम र आयुषलाई सफलताको शुभकामना !