“पशुपतिनाथले सबैको इच्छा आकांक्षा पुरा गरुन ! २०७६ साल वैशाख २ गते सोमबारको तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल”

ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग श्रीसूर्य उत्तरायण,वसन्तर्तुः,परिधावी नाम संवत्सर,शाके १९४१,विक्रमसम्वत २०७६ साल वैशाख २ गते सोमबार नेपाल सम्बत ११३९ चौलाथ्व,सन् २०१९ अप्रिल १५ तारिक चैत्र शुक्लपक्ष एकादशी तिथि राती १ वजेर ४१ मिनेटसम्म,मघा नक्षत्र राती १ वजेर ४० मिनेटसम्म,गण्डयोग,वणिजकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य मेष राशीमा,चन्द्रमा उप्रान्त सिंह राशीमा ।

मुहूर्त – शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३८ वजेबाट मध्यान्ह १२÷३० वजेसम्म रहनेछ । सामान्य गुली काल मुहूर्तः–अपरान्ह १÷४० वजेबाट ३÷१६ वजेसम्म रहनेछ । अशुभ राहुकाल मुहूर्तः–विहान ७÷१७ वजेबाट ८÷५३ वजेसम्म रहनेछ । अशुभ यमघण्टायोगः– विहान १०÷२९ वजेबाट मध्यान्ह १२÷४ वजेसम्म रहनेछ । अशुभ दूरमुहूर्तः–मध्यान्ह १२÷३० वजेबाट अपरान्ह १÷२१ वजेसम्म र ३÷३ वजेबाट ३÷५४ वजेसम्म रहनेछ ।

बार वेला – सूर्योदयबाट प्रातः ७÷१७ वजेसम्म अमृत वेला,७÷१७ वजेबाट ८÷५३ वजेसम्म काल वेला,८÷५३ वजेबाट १०÷२९ वजेसम्म शुभ वेला,१०÷२९ वजेबाट १२÷४ वजेसम्म रोग वेला,१२÷४ वजेबाट १÷४० वजेसम्म उद्वेग वेला,१÷४० वजेबाट ३÷१६ वजेसम्म चर वेला,३÷१६ वजेबाट ४÷५१ वजेसम्म लाभ वेला र ४÷५१ वजेबाट सूर्यास्तसम्म अमृत वेला रहनेछ ।

बार वेला – सूर्यास्तबाट ७÷५२ वजेसम्म चर वेला,७÷५२ वजेबाट ९÷१६ वजेसम्म रोग वेला,९÷१६ वजेबाट १०÷४० वजेसम्म काल वेला,१०÷४० वजेबाट १२÷५ वजेसम्म लाभ वेला,१२÷५ वजेबाट १÷२९ वजेसम्म उद्वेग वेला,१÷२९ वजेबाट २÷५३ वजेसम्म शुभ वेला,२÷५३ वजेबाट ४÷१८ वजेसम्म अमृत र ४÷१८ वजेबाट सूर्योदयसम्म चर वेला रहनेछ । शुभाश “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति”।

मेष

मेषः– समयमा निर्णय लिएर काम गर्नु होला,अलमलमा पर्नु भयो भने अवसर फुत्किनेछ । पठन पाठनमा अवनति हुनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पारिवारिक सुखमा थोरै वृद्धि हुनेछ ।
बृष

वृषः– घरयासी कुराले मानसिक तनाव बढाउनेछ । अनावस्यक काममा समय खेर जानेछ । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । सजग रहनु होला अपमानित हुने अवस्था आउन सक्छ ।
मिथुन

मिथुनः– काम गर्ने उत्साहा बढ्नेछ । मान्य जनको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । नयाँ कामको अवसर आउनेछ । आर्थिक संरचनालाई नचलाउनु होला ।
कर्कट

कर्कटः– अरुको भरमा काम नगर्नु होला । प्रयास र प्रयत्न सफल हुनेछन् । वित्तिय कारोवारमा विशेष ध्यान दिनु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । पढाई लेखाईमा ध्यान जाने छैन ।
सिंह

सिंहः– शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । रोकिएका काममा प्रगति हुनेछ । इच्छित कामले प्राथमिकता पाउनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।
कन्या

कन्याः– काम गर्ने वातावरण विग्रिनेछ । समयले कम साथ दिनेछ । अनावस्यक विषय वस्तुलाई लिएर तनाव बढ्नेछ । कामबाट आफुलाई भन्दा अरुलाई फाइदा हुनेछ । आलोचना सहनु पर्ला ।
तुला

तुलाः– गरेका कामबाट उचित लाभ हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । मांगलिक काम हुनेछन् । आम्दानी बचतमा परिणत हुनेछ । शैक्षिक परामर्श मिल्नेछ ।
बृश्चिक

वृश्चिकः–दृढ इच्छाशक्ति बोकेर अगाडि बढ्नु होला । भाग्यले साथ दिनेछ । सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । सहयोगी हात भेटिने छन् । अधुरा काम फस्र्योट हुनेछन् ।
धनु

धनुः– समय कमजोर नै देखिन्छ । भाग्यमा अवरोध आउन सक्छ । मन चञ्चल हुनेछ । साना कुरालाई लिएर इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अनुत्पादक खर्च बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
मकर

मकरः– दिन त्यति अनुकुल देखिन्न । मनमा अशान्ति बढ्नेछ । दैनिक काम काजमा अवरोध आउनेछ । अहार विहारका कारण स्वास्थ्य कमजोर बन्नेछ । अनावस्यक खर्च बढ्नेछ । व्यापार घट्नेछ ।
कुम्भ

कुम्भः– नयाँ रोजगारीको अवसर आउन सक्छ । विदेश यात्राको सम्भावना देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । दामपत्य जीवनमा सुख शान्ति मिल्नेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ ।
मीन

मिनः– रिस,डाहा गर्ने धेरै हुनेछन् काम गर्दा विचार पु¥याउनु होला । सामान्य प्रयासबाट काम बन्ने छैनन । प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । विवादबाट टाढा बस्नु होला । परिश्रम अनुसारको प्रतिफल मिल्नेछ ।