भिडियोः माइत आएकी नन्दले भाउजुलाई निर्घात कुटिन्, मुखमा कालो पोतेर कपाल काटिदिइन्

काठमाडौं। पछिल्लो समय एउटा भिडियोले सामाजिक संजाल तताइरहेको छ । यो भिडियो भारतको उत्तर प्रदेश मेरठको मेडिकल थाना क्षेत्रको एक कोलोनीको भएको भारतीय मिडियाले लेखेका छन् । यहाँ नन्द भाउजुको लडाइँले घरको सीमा पार गरेर बाहिर निस्कियो । नन्दले भाउजुलाई निर्मम तरिकाले लात्तीले हानिन् । भाउजुको मुखमा कालो पोतिदिएर उनको कपाल काटिदिइन् । भाउजुले कुटाइ खाइरहिन् तर छिमेकीहरुले भने तमाशा हेरेर बसे।

छिमेकीले झगडा शान्त पार्नुको साटो भिडियो बनाउँदै बसे । पछि कसैले यो भिडियो सामाजिक संजालमा शेयर गरिदियो । भारतीय मिडियामा उल्लेख भएअनुसार नन्दको केही समय पहिले मात्र बिहे भएको थियो । नन्द माइती आएकी थियन् । यही बीचमा उनको भाउजुसँग झगडा भयो । नन्दले आफ्ना पति र भाउजुको अवैध सम्बन्ध भएको आरोप लगाएर कुटेकी थिइन् । तर, भाउजुले भने नन्दको आरोप अस्वीकार गरिरहिन् । पुलिसले यी दुईलाई छुट्याएर थप अनुसन्धान अघि बढाएको जनाएको छ । हेर्नुहोस् भिडियो –