Sagun Khabar
खुकुलो पार्दै कैलालीमा निषेधाज्ञा थपियो 
Atrya hospital

कैलाली –कैलालीमा जारी निषेधाज्ञा फेरि थपिएको छ । निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन १ गतेसम्मलाइ निरन्तरता दिएको  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धारा जारी आदेशमा उल्लेख छ ।

जिल्लामा सार्वजनिक सवारीमा लागू गरिएको जोरबिजोर हटाइएको छ । सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, पार्क, मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, पुस्तकालय, संग्राहालय, शिक्षणसस्था, समूहमा खेलीने दर्शकसहितका खेलकुदबाहेक अन्य व्यापार व्यवसायहरु विहान ५ बजेदेखि ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

विभिन्न प्रकारका गोष्ठी, तालिम, सेमिनार, बैठक, समिक्षा, प्रशिक्षण जस्ता कार्यहरु सञ्चालन गर्दा बढिमा २५ जना सहभागी गर्न पाइनेछ । होटल, रेष्टसरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन गर्न पाइने जारी आदेशमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update