बझाङ –बझाङमा दुई बालिकामाथि जबरजस्तीकरणी गरेर तीन युवा फरार भएका छन् ।
जिल्लाको मष्टा गाउँपालिकाकी दुई बालिकामाथि करणी गरेर सोही ठाउँका तीन किशोर फरार भएका हुन् । करणीमा परेकी दुबै नाबालिका हुन । करणी गर्ने किशोरहरु पनि नाबालक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडित बालिकाहरुको स्वास्थ्य परिक्षण गरेर बालिकालाई घर पठाइएको छ भने करणी गर्ने किशोरहरुको खोजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए ।
पीडित बालिकाका आफन्तले यही भाद्र १४ गते साँझ ६ बजे कापी किन्न हिँडेकी बालिकालाई एक विद्यालयको हातामा बोलाई कक्षा कोठामा जबरजस्तीकरणी गरेको बताएका छन् । दुई बालिकालाई कक्षा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरी फरार भएको उनीहरुको आरोप छ । पीडित बालिकाका आफान्तले प्रहरीले आरोपितहरुलाई खोज्न तदारुकता नदेखाएको आरोप समेत लगाएका छन् ।