दार्चुला- दार्चुलामा प्रहरीले घरेलु मदिरा बरामद गरि नष्ट गरेको छ। जिल्लाको मार्मा गाउँपालिका-९ बर्कुमा कच्चा पदार्थसहित ६९० लिटर घरेलु मदिरा बरामद गरिएको हो।
बुधवार बर्कुका स्थानीय कृषन महरको घरबाट ६ सय ८५ लिटर घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ पास र ५ लिटर अवैध मदिरासमेत बरामद गरि नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मार्माका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
बर्कुका स्थानीयहरुले घरेलु मदिरा उत्पादन गरी बिक्रि बितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा बुधवार बिहान साढे तीन बजे छापा हानिएको प्रहरीले जनाएको छ। साथै मदिरा बिक्रि वितरण गर्ने महरलाई मार्मा गाँउपालिकाको आर्थिक ऐन २०८० अनुसार पहिलो पटकको लागि आठ हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८० १२:००