Sagun Khabar
पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’को निधन

काठमाण्डौ – पूर्वमन्त्री खेमराज भट्ट ‘मायालु’ ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट पीडित उनको गएराति  काठमाण्डौको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

२०५६ सालको आम चुनावमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा निर्वाचित भएका उनी  केही समय सामान्य प्रशासन मन्त्रीसमेत बनेका थिए । उनी गणतन्त्रका लागि आवाज उठाउने अग्रणी नेताहरुमध्ये एक हुनुहुन्छ ।

Atrya hospital

रामराजाप्रसाद सिंह नेतृत्त्वको जनवादी मोर्चाले गणतन्त्र नेपालको लक्ष्य राखेर २०४२ साल असारमा नारायणहिटी र सिंहदरबारजस्ता ठाउँमा बम विस्फोट गराएको थियो । उनी  त्यतिबेला जनवादी मोर्चाको उपाध्यक्ष बनेका बनेका थिए । जनवादी मोर्चाबाट उनी नेपाली कांग्रेस प्रवेश गरेका थिए । 

पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनका क्रममा उनी पटक–पटक जेलसमेत परेका थिए । २०७० सालमा नेपाली कांग्रेस त्यागेर भट्ट माओवादीमा प्रवेश गरेका थिए । पछिल्लो समय उनी नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update