कैलाली –सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा ठेकेन्द्रप्रसाद जोशी नियुक्त भएका छन् । प्रदेश सरकारले जोशीलाई मङ्गलबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको हो ।
२०५८ देखि कैलालीमा अधिवक्ताको रुपमा कार्यरत जोशी धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषी टोलका स्थानीय बासिन्दा हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८० १७:१९
प्रतिक्रिया दिनुहोस्