कैलाली- कैलालीका एक शिक्षक विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसनधान आयोगले शुक्रबार घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध मुद्दा दायर गरेको हो।
शाहले प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसुर गरेको पुष्टि हुन आएको भन्दै निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदावी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८० १६:०८
प्रतिक्रिया दिनुहोस्