Sagun Khabar
बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको मृत्यु
Atrya hospital

बझाङ- बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update