हुम्ला –कर्णाली नदी तर्ने क्रममा तुइनको डोरी चुँडिएपछि हुम्लामा १ जना पुरुष नदीमा बेपत्ता भएका छन् ।
सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् । उनी मुगु जिल्ला सोरु गाउँपालिका–५ नेरगाउँका रहेको बताइएको छ ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको (खडीखेत) घाटमा तुइनबाट खसेर बेपत्ता भएका थिए ।
उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २१, २०८० ०९:१६
प्रतिक्रिया दिनुहोस्