Sagun Khabar
नेपाल–भारत सुरक्षामा द्विपक्षीय परामर्श समूहको बैठकले महत्वपूर्ण सहमति गर्यो 

नेपाल भारत द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठकमा नेपाल –भारतको सुरक्षामा महत्वपूर्ण सहमति गरेको छ । पोखरा सम्पन्न भएको बैठकले नेपाल र भारतको पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ती, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, भ्रमण, संयुक्त यात्रा, साहासिक गतिविधि, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदान सुरक्षा सम्बन्धी महत्वपूर्ण सहमति जुटाएको हो । 

परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुङ्गानाको नेतृत्व भएको बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकारको विदेश मन्त्रालयको उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तवले गरेका थिए ।

Atrya hospital

दुवै टोलीमा रक्षा, परराष्ट्र एवम् गृह मन्त्रालय तथा भारतीय र नेपाली सेनाका निर्देशनालयका अधिकारीहरुको सहभागीता रहेको थियो ।

द्विपक्षीय सुरक्षामा सहकार्य बढाउन सन् २००३ मा स्थापना गरिएको भारत–नेपाल द्विपक्षीय परामर्श समूह भारत र नेपालबीचको एक महत्वपूर्ण संस्थागत संयन्त्र समेत रहेको छ । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update