Sagun Khabar
सुदूरबाट अध्ययनका लागि इजरायल गएका १२ विद्यार्थीको अवस्था अज्ञात

काठमाण्डौं –सुदूरपश्चिमबाट अध्ययनका लागि इजरायल गएका ४९ विद्यार्थीमध्ये १२ जनाको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्री एनपी साउँदले बताएका छन् । 

आइतबार संसदमा इजरायलमा रहेका नेपालीहरुको अवस्थामा बारे जानकारी गराउँदै उनले ४९ मध्ये १२ जनाको अवस्था अझै अज्ञात रहेको बताएका हुन् । उनका अनुसार इजराइलको दक्षिणी क्षेत्रमा १७ जना नेपाली रहेकोमा दुई जना सकुल रहेको तथा तीन जना घाइतेको उपचार भइरहेको छ ।

Atrya hospital

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जना विद्यार्थीमध्ये १७ जना दक्षिणी इजराइलमा अध्ययन गरिरहेका थिए । तीनै १७ जनामध्ये दुई जना सकुशल, तीन जना घाइते तथा बाँकी १२ जनाको अवस्था अज्ञात रहेको मन्त्री साउदले बताएका छन् ।

गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालयका ४९ जना विद्यार्थीमध्ये १२ जना सम्पर्कविहिन भएका हुन्। जसमध्ये ११ जना छात्रा छन् ।  सम्पर्कविहिन विद्यार्थीहरु ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि इजरायल गएका थिए । ३२ जना कृषि विद्याथीहरु भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित छन् । 
 

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update