काठमाण्डौ – इजरायलमा भएको आक्रमणमा १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले राष्ट्रिय शोकको घोषणा गरेको छ । ।
आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको सरकारकी प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । यस्तै बैठकले मृतकका परिवारलाई १०÷१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई ल्याउने पनि निर्णय गरेको उनले जानकारी दिइन् ।
इजरायलमा गएको शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १७:१३
प्रतिक्रिया दिनुहोस्