काठमाण्डाै – प्यालेस्टिनकाे विद्राेही समूह हमासले आक्रमण गरेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानतर्फ लगेको छ ।
इजरायली सेनाले स्कर्टिङ गरेर आफूहरूलाई सुरक्षित स्थानतर्फ लगेको बर्दियाका लुइस रिजालले भिडियो सन्देशमार्फत जानकारी गराउनुभएको छ । उनीहरूलाई इजरायली सेनाले बङ्करबाट निकालेर तेल अभिभतर्फ लगेको छ ।
उनीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट 'लर्न एन्ड अर्न' कार्यक्रममा गएका हुन् । आक्रमणमा उनीहरूकै समूहका १० जनाको ज्यान गएको हो ।
प्रकाशित मिति: सोमबार, असोज २२, २०८० १७:४७
प्रतिक्रिया दिनुहोस्