अरिङ्गालले चिलेर दिदीबहिनीकाे ज्यान ज्यान गएकाे छ । जाजरकाेट कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएकाे छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छाेरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेका छन् ।
सुस्मिताकाे आइतवार बेलुकी र निर्जलाकाे उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजाे साेमवार ज्यान गएकाे टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयाे ।
बालिकाको साथमा रहेकी हजुरआमा बिजुली सिंहसमेत अरिङ्गालले चिलेर बिरामी हुनुभएको प्रमुख बस्नेत बताउनुभयो ।
दुई नातिनीसँगै गाईगोरु लिएर धाउनीमा रहेकाे खेतमा काम गर्न जाने क्रममा उनीहरुलाई अरिङ्गालले चिलेको बस्नेतले जानकारी दिनुभयाे ।
प्रकाशित मिति: मंगलबार, असोज २३, २०८० १३:२४
प्रतिक्रिया दिनुहोस्