काठमाडौं- इजरायलमा उद्धारको पर्खाइमा रहेका २ सय ५३ नेपाली लिएर नेपाल एयरलाइन्सको जहाज उडेको छ। तेलअभिभ विमानस्थलबाट नेपाली समय अनुसार साँझ ५ बजे विमान काठमाडौंका लागि प्रस्थान गरेको हो।
विमान राति साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्री एनपी साउदका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए।
गत शनिबारदेखि प्यालेष्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरेयता द्वन्द्व चर्किएको छ। हमासको आक्रमणमा परि १० नेपाली विद्यार्थीको मृत्यु भएको छ भने एक जना अझै वेपत्ता छन्।
पाँच दिनदेखि कष्टकर जीवन बिताइरहेका विद्यार्थीहरूलाई लिन परराष्ट्र मन्त्री साउद आफैं आज विहान नेपाल एयरलाइन्सको विमान लिएर इजरायल गएका हुन्।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १७:३८
प्रतिक्रिया दिनुहोस्