Sagun Khabar
आज पनि केही ठाउँमा बर्षाको सम्भावना 

काठमाण्डौ – पश्चिमी वायुको प्रभावका कारण मौसम आंशिकदेखि सामान्य बदली भएको छ ।

आज पनि केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार पश्चिमी क्षेत्रका धेरै ठाउँमा आज पनि पानी पर्ने छ ।

Atrya hospital

पश्चिमी क्षेत्रमा हिजो र अस्ति रातिको असिना पानीले बालीनालीमा नोक्सानी पुर्याएको छ ।

यस्तै, मध्य र पूर्वी पहाडी क्षेत्रका केही ठाउँमा पनि वर्षाको सम्भावना रहेको उनले बताए । पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेकाले भोलिदेखि मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update