Sagun Khabar
बैतडीको दनपा ३ मा  जेष्ठ नागरिकलाई सम्मान
Atrya hospital

बैतडी - बैतडीको  दशरथचन्द नगरपालिका ३ ले  जेष्ठ नागरिकहरुलाई  सम्मान गरेको छ ।  बिहीवार  वडा कार्यालयमा दशैँ विशेष सुभकामना आदानप्रदान कार्यक्रमको  आयोजना गरेर ७० वर्ष  भन्दा माथिका जेष्ठ नागरिकहरुलाई  सम्मान गरिएको  वडा अध्यक्ष  अजब बहादुर  पाण्डेयले जानकारी दिए ।

स्वास्थ्य  शाखाको कार्यक्रम अन्तर्गत  वडाका जेष्ठ नागरिकरुलाई  सम्मान गरिएको उनले बताए । सम्मान कार्यक्रमा  जेष्ठ बृद्ध बृद्धाहरुलाई ओड्ने  सल÷पाखि,टर्च, छाता र टेक्ने लौरो समेत प्रदान गरिएको  वडा अध्यक्ष पाण्डेयले बताए ।

नगरपालिकाको  स्वास्थ्य शाखाले  सबै वडामा जेष्ठ नागरिक सम्मान कार्यक्रम राखेको बताइएको  छ ।  अन्य वडाहरुलाई  पनि कार्यक्रम गर्न पत्राचार गरिएको नगरपालिकाले जनाएको  छ ।  वडाले सम्मान गरेपछि जेष्ठ नागरिकहरु पनि खुसि भएका छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update