Sagun Khabar
बैतडीको सुर्नयाले दियो ट्राफिक पोष्ट सतबाँझलाई कम्प्युटर र प्रिन्टर 

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले अस्थायी ट्राफिक प्रहरी पोष्ट सतबाँझलाई  कम्प्युटर र प्रिन्टर मेसिन सहयोग गरेको छ । कार्य सम्पादनका  लागि सजिलो होस  भनेर गाउँपालिकाले  एक ÷एक थान कम्प्युटर र प्रिन्टर मेसिन सहयोग गरेको  हो ।

गाउँपालिकाको  सहयोगमा कम्प्युटर र प्रिन्टर मेसिन प्राप्त भएका सुर्नया २ सतबाँझ स्थित अस्थायी ट्राफिक प्रहरी पोष्टका ट्राफिक प्रहरी सहायक हबल्दार मोहन सिंह विष्टले जानकारी दिए । गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरले कम्प्युटर र प्रिन्टर मेसिन हस्तान्त्रण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष कुँवरले जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रहरी  प्रमुख प्रहरी नायब उपरिक्षक दिपक गिरीको  उपस्थितिमा  कम्प्युटर  र प्रिन्टर मेसिन हस्तान्त्रण गरेका हुन्।  

Atrya hospital

पालिकाको सहयोगमा प्राप्त उपकरणहरुबाट ट्राफिक प्रहरी पोष्टलाई अनलाइन राजस्व सङकलन गर्न सहज हुने उनले बताए । ट्राफिक प्रहरीले अनलाइन प्रणालिबाट  काम सुचारु गरिरहेकाले आफुहरुलाई  काम गर्न सहज हुने ट्राफिक प्रहरी सहायक हबल्दार विष्टले बताए ।

कामकाज गर्न  सहज भएको भन्दै ट्राफिक पोष्ट सतबाँझले गाउँपालिका परिवारलाई  धन्यवाद समेत  ज्ञापन गरेको  छ ।   

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update