Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना 
Atrya hospital

बैतडी–बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । दशरथचन्द राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका २ स्थित पाताल भुमेश्वर गेट नजिकै शुक्रबार बिहान सुपप्र ०१–००२त ४५०५ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । 

सतबाँझबाट पाटनतर्फ जाँदै गरेको खाली ट्याक्टर दुर्घटनामा परी सडकबाट २० मिटर तल खसेको छ । ट्याक्टर चालक फरार रहेका अस्थायी प्रहरी पोष्ट सतबाँझले जनाएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । ट्याक्टरमा चालकमात्रै रहेका प्रत्यक्षदर्शीहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update