
बैतडी –धनगढीबाट बझाङ जाँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट जोगिएको छ ।
जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो । सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ ।
बस निकाल्ने प्रयास भइरहेको र मेसिन आएपछि बस तानेर मात्र राजमार्ग सुचारु हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० ०९:००
प्रतिक्रिया दिनुहोस्