Sagun Khabar
आज महासप्तमी, दशैँघर तथा शक्तिपीठमा फूलपाती भित्र्याइँदै
फाइल फोटो

बैतडी –आश्विन शुक्ल पक्षको सप्तमी तिथि अर्थात् आज महासप्तमी ।  बोलीचालीको भाषामा यो दिनलाई फूलपाती भनिन्छ ।

महासप्तमीको बिहान वा दिउँसो दशैँघर वा शक्तिपीठमा फूलपाती भित्र्याइन्छ ।यसलाई संस्कृत भाषामा नवपत्रिका भनिन्छ ।

Atrya hospital

केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्ती गरी नौ प्रकारका वनस्पतिलाई नवपत्रिका भनिन्छ । तर सबै वनस्पति नपाइएको अवस्थामा उखु, अदुवा तथा अन्य फूलका पत्र पनि फूलपातीमा प्रयोग गरेको पाइन्छ ।

यी नौवटा वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रमा देवीहरूको पूजा गरिन्छ ।

बैतडीसहित सुदूरपश्चिमका शक्तिपीठहरुमा समेत आज फूलपाती भित्र्याइने स्थानीय संस्कृतिका जानकारहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update