Sagun Khabar
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आज पशु बलि सहितको जात्रा 

बैतडी- बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा भव्य जात्रा लागेको  छ । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी पर्वमा आज पशु बलि सहित भव्य जात्रा लागेको  हो ।

 हिजो  महासप्तमीबाट सुरु भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलि सहित जात्रा सम्पन्न हने गर्दछ । नवरात्र अन्तर्गत घटस्थापनादेखि पूजा आरम्भ भएको निङ्गलाशैनी भगवती मन्दिरमा आज बलिसहितको समापन हुने मन्दिरका मूल पूजारी देवदत्त भट्टले बताए ।

Atrya hospital

महासप्तमीका दिन शुरु भएको जात्रा  महाष्टमीका दिन राँगाको बलिसहित समापन हुने गर्दछ । महासप्तमीमा  श्रद्धालुहरुले भाकल गरे अनुसार मन्दिरमा राँगा लैजाने र आज  बलिदिने चलन रही आएको छ । मन्दिरमा आजै बिहानै  देखि दशर्नार्थीहरुको भिड लागेको पूजारी भट्टले  बताए ।  

निङ्गलाशैनी भगवती मन्दिरमा हरेक बर्ष महाष्टमीका दिन सैयौं राँगाको बलि हँुदै  आएको छ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थित बनाउन दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालय देहीमाण्डौंले जात्रास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ । जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए ।

यस्तै मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइको  भने वडा कार्यालयले मेला व्यवस्थापन समिति गठन गरेर स्वयंसेवकहरु परिचाल गरिएका छन् ।  निङ्गलाशैनी भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् । यो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत आउने गरेका  छन् ।  

प्रकाशित मिति: आइतबार, कात्तिक ५, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update