Sagun Khabar
दशैँ पर्वः बैतडीका बजारहरुमा चहलपहल, खाद्यान्न सामान किन्ने बढे 

बैतडी- बैतडीका बजारहरुमा चहलपहल बढेको  छ । दशैँका लागि सामान किन्नेहरुको  सङख्यामा वृद्धि भएसंगै  बजारहरुमा  छलपहल बढेको हो । यहाँका मुख्य बजारहरु अहिले बाक्लिएका छन् । दशैँका लागि  खाद्यान्न सामान देखि लत्ताकपडा किन्नेहरुको संख्यामा वृद्धि भएको सतबाँझका व्यापारीहरुले  बताए ।

आजभोलि चामल,नुन, तेल, चिनी, मिस्री लगायतका खाद्यान्न सामानहरुको व्यापार बढेको सतबाँझका व्यापारी भरतमोहन भट्टले  बताए । अन्य  समय भन्दा आज भोलि खाद्यान्नका सामानको  व्यापार बढेको  उनको  भनाई  छ ।  यस्तै  लुगाकपडा ,जुत्ता -चप्पलको  समेत  व्यापार बढेको  व्यापारिहरुको  भनाई  छ ।

Atrya hospital

फलफूल र  मसाला जन्य  सामग्री समेत  अन्य बेला भन्दा अहिले बढी  बिक्री भैरहेको बताइएको छ । जिल्लाका मुख्यबजार गोठलापानी, शाहीलेक, देहिमाण्डौँ, मुस्याचौर, सतबाँझ, पाटन र खोड्पे बजारमा अहिले  चहलपहल बढेको हो ।

खाद्यान्न सामाग्रीको  व्यापार बढेपनि नागरिकहरु महंगीको मारमा परेका छन् ।  जिल्लामा चाडपर्व  लक्षित सुपथ मुल्य  पसल सञ्चालन नहुँदा जिल्लाबासी  महंगीको मारमा परेका हुन् ।  

प्रकाशित मिति: सोमबार, कात्तिक ६, २०८०  ११:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update