_11668156937.jpg)
बैतडी- बैतडीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको पाटन नगरपालिका–५ ओदालीका ३२ वर्षीय युवक रामबहादुर चन्द मङ्गलबार मृत फेला परेका हुन् ।
चन्द पाटन–मेलौली सडकखण्डको पाटन नगरपालिका–५ कद्वारस्थित भीरबाट दुई सय मिटर तल मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सोमबार साँझ घरबाट कद्वार जान भनी निस्केका रामबहादुर मङ्गलबार दिउँसो मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। चन्दको भीरबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८० ०७:३८
प्रतिक्रिया दिनुहोस्