बझाङ- बझाङमा एक बालकको मृत्यु भएको छ। जिल्लाको खप्तडछान्ना गाउँपालिका–४ का जोगेन्द्र रोकायाका ६ वर्षीय छोरा विवेक रोकायाको खोलामा बगेर मृत्यु भएको हो। उनी मंगलवार दिउँसो ३ बजे ११ वर्षीय दाइसँगै खोला तर्न खोज्दा बगेकाका थिए। उनको बगेको केहीबेरमा नै मृत्यु भएको जिल्ला प्रहरी बझाङले जनाएको छ।
प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८० ११:१७
प्रतिक्रिया दिनुहोस्