Sagun Khabar
गोठालो गएकी बैतडीकी कल्पनाको अवस्था अझै अज्ञात

बैतडी- बैतडीकी कल्पना अहिले सम्म सम्पर्कमा आएकी  छैन्न । गत असोज २५ गते बेपत्ता भएकी  जिल्लाको सुर्नया गाउँपालिका ८ दोराकी २० बर्षीया कल्पना महरा अहिले सम्म  सम्पर्कमा नआएकी  हुन् ।

२५ गते  साँझ देखि बेपत्ता कल्पना अहिले  सम्म सम्पर्कमा  नआएकी आफन्त मान बहादुर  महरा   जानकारी  दिए । घर नजिकैको खरबारिमा गोरु चराउन गोठालो गएकी कल्पनाको  अहिले सम्म अत्तोपत्तो  नलागेको उनले बताए । कल्पना हराएपछि सबै ठाउँमा सोधखोज गर्दा  पनि  फेला नपरेकी उनको  भनाई  छ ।

Atrya hospital

आफन्तहरुका अनुसार कल्पनामा  कहिलेकाँही मुर्छा पर्ने र बेहोस हुने लक्षण समेत देखिने गरेका थिए । कल्पना बेपत्ता भएपछि आफन्तहरुले प्रहरीमा समेत निवेदन दिएका थिए । यता प्रहरीले पनि खोजतलास गर्दा कल्पना कतै नभेटिएकी  र अहिले पनि खोजि कार्य जारी रहेको  जनाएको  छ ।

गहुँगोरो वर्ण,कालो सुरुवाल र सेतो बुट्टा भएको सुट लगाएकी उनलाई  कतै  भेट  नजिकको  प्रहरीमा खबर गरिदिन आग्रह गरिएको   छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ८, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update