बैतडी –सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
गएको शुक्रवार तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा १ हजार रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँ पुगेको छ ।
सुनको भाउ बढेसंगै बैतडीमा छापावाल सुन प्रतितोला १ लाख १९ हजारमा विक्रि भइरहेको छ । केन्द्रको भाउभन्दा जिल्लामा सुनको भाउ प्रतितोला दुई हजार थप हुने भएकाले १ लाख १९ हजार रुपैँया रुपैयाँमा कारोबार भइरहेको बैतडी सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेशकुमार पौडेलले बताए ।
यस्तै तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैंयामा कारोबार भइरहेको छ भने असली चाँदी प्रतितोला १ हजार ६१५ रुपैैैयामा कारोबार भइरहेको पौडेलले बताए ।