Sagun Khabar
परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल
Atrya hospital

काठमाण्डौ – अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रमुख प्रशासक समान्ता पावरबीच मङ्गलवार भेटवार्ता भएको छ । भेटमा समान्ताले अमेरिकी सरकारकातर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवम् मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता व्यक्त गरे । उनले  नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि लगानी सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेका थिए ।

युएसएआईडीको मुख्यालय वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत छ दशकभन्दा लामो समयदेखि युएसएआईडीले पु¥याएको सहयोगका लागि धन्यवाद दिए । 

उनीहरुबीच दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखि नेपाल अमेरिकाबीचको निकट साझेदारी र सम्बन्धका विषयमा पनि चर्चा भएको थियो ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update