Sagun Khabar
जाजरकोट भूकम्प : मृत्यु हुनेको संख्या १ सय ५७ पुग्यो 
Atrya hospital

काठमाण्डौ – गएराति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी मृत्यु हुनेको संख्या एक सय ५७ जना पुगेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो अध्यावधिक विवरण अनुसार जाजरकोटमा १ सय पाँच जना र रुकुम पश्चिममा ५२ जना गरी एक सय ५७ जनाको मृत्यु भएको हो । 

भूकम्पका कारण एक सय ७० जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७८ जना घाइते भएका हुन् । यस्तै दैलेख, जुम्ला र प्युठानका तीन÷तीन जना घाइते भएका छन् भने बैतडीका दुईजना घाइते भएका प्रहरीले जनाएको छ । 

अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धार लगायतका काम भइरहेका छन् । नेपाल प्रहरीले आफ्ना आठ सय ६० जना जनशक्ति खटिएको जनाएको छ । गएरातिको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण सयौँ घर भत्किएका छन् । गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update