काठमाण्डौं –पूर्वी नवलपरासीको देवचुली गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउने को संख्या ७ पुगेको छ । जिपमा चढेका सबै ७ जनाको मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार चिरन अर्यालको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या पुगेको हो ।
घटना स्थलमै ३ महिलासहित ६ जनाको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलका अनुसार दुर्घटनामा मृत्यु हुनेमा पूर्वी नवलपरासी बौदीकाली गाउपालिका वडा नम्बर ६ का २९ वर्षका चालक छन बहादुर आलेमगर, कुमारी रानामगर, टेकमान वाटकी मगर,कमला वानटकी र बुलिङटार गाउपालिकाकी १२ वर्षकी कररिश्मा ठाडा रहेका छन् । मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको र कावासोती वडा न १६ बस्ने बर्ष १७ को अस्विन गैरेको मृत्यु भएको हो ।
बौदीकाली गाउपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दल्दले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको बलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख बेदबहादुर पौडेलले जानकारी दिए । जिप तीव्र गतिमा रहेका कारण मोडमा घुम्न नसकेर दुर्घटना भएको प्रहरीको भनाई छ ।