बझाङ– बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सीता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बीचबाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बर्म खोली भन्ने जंगलमा घास काट्न गएकी सीता आज भिरबाट लडेर घाइते भएकी थिइन् ।
प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८० १८:२२
प्रतिक्रिया दिनुहोस्