Sagun Khabar
धनगढीमा निःशुल्क शव चिस्यान सेवा सञ्चालन 

कैलाली –कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले दुई लाख २२ हजार नौ सय ६० रुपैयाँको लागतमा  दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो । 

नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नु पर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताए । 

Atrya hospital

धनगढी उपमहानगरपालिकाका अनुसार नगर प्रहरीले चिस्यान सेवा आवश्यक परेकाहरूको घरसम्म लैजाने छन् । उनीहरूका आफन्तको मृतक शरीर राख्न सहयोग गर्ने छन् । विद्युतबाट सञ्चालन हुने चिस्यान सेवा उपमहानगरपालिकाको गाडीमा घरसम्म पु¥याइनेछ ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षीत राख्न सहयोग गरेको बताइन् । उनले शव चिस्यान सेवालाई निरन्तरता दिने बताइन् । 

धनगढी उपमहानगरपालिकाले विपन्न वर्गलाई दाउरा र किरिया खर्चका लागि समेत पाँच हजार दिने गरेको छ । परिवारका सदस्यको मृत्यु भएपछि नगर प्रहरीलाई खबर गरेपछि पाँच हजार घरसम्म पु¥याउने गरिएको छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १०:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update