बैतडी –सुदूरपश्चिममा शुक्रबार थप ४८ जनामा कोरोना पुष्टि भएको छ । ९०१ जनाको नमूना परीक्षण गर्दा थप ४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा प्रदेशभरी कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०७८ १८:३९
प्रतिक्रिया दिनुहोस्