Sagun Khabar
इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई आर्थिक सहयोग, मन्त्री भट्टले गरे चेक हस्तान्तरण

कैलाली –इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले दुई लाखका दरले आर्थिक सहयोग गरेको छ । 

प्रदेश सरकारले मृतकका परिवारलाई यसअघि घोषणा गरेको रकम मंगलबार हस्तान्तरण गरेको हो । टीकापुरमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले मृतकका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् । 

Atrya hospital

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र नेपालका लागि इजरायलका राजदुत हनन गोडेर गोल्डवेरगरको उपस्थितीमा मन्त्री भट्टले ७ जना मृतकका परिवारलाई चेक हस्तान्तरण गरेका थिए । 

गएको असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० जनाको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी रहेका थिए । 

लर्न एण्ड अर्न कार्यक्रम अन्तरगत सुदुरपश्चिम विश्वविद्यालयबाट गएका १० जनाको हमासको आक्रमणमा परी मृत्यु भएको थियो । हमासले अपहरण गरेका भनिएका विपीन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update