बैतडी –बैतडीको सुर्नया गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुमा विभिन्न शैक्षिक र खेलकुदका सामग्री वितरण गरिन थालिएको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाको सहयोगमा सुर्नया बालसञ्जालले गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा शैक्षिक र सामग्री वितरण गर्न थालिएको हो ।
आधारभूत तह र माध्यमिक तहका विद्यालयहरुमा शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्य शुरु गरिएको सुर्नया बालसञ्जालका सचिव लवदेव धामीले बताए ।
अंग्रेजी बोलचाल पुस्तक, गुनासो पेटिका, भलिबल, ब्याडमिन्टन लगायतका शैक्षिक र खेलकुदका सामग्री वितरण गर्न थालिएको उनले बताए ।
गाउँपालिकालाई बालमैत्री बनाउने अभियान अन्तर्गत विभिन्न शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्ने कार्य शुरु भएको सुर्नया बालसञ्जालका उपाध्यक्ष विशाल भट्टले जानकारी दिए ।