Sagun Khabar
धनगढी–दिपायल फास्ट ट्रयाक निर्माणमा कमसल कालोपत्रे 

कैलाली –धनगढी–दिपायल फास्ट ट्रयाक अन्तर्गत धनगढी–स्याउले खण्डमा कालोपत्रे गर्ने काममा लापरवाही भएको पाएको छ । 

कालोपत्रेको काम पूरा नहुँदै पहिलो कोट गरिएको खण्डको विभिन्न ठाउँमा खाल्डाखुल्डी परेका छन् । कमजोर गुणस्तरको प्रविधि मानिने डबल बिटुमिन सरफेस ट्रिटमेन्ट (डीबीएसटी) प्रविधिबाट सो सडक खण्ड कालोपत्र भइरहेको हो । यस प्रविधिको कालोपत्रको आयु बढीमा तीन÷चार वर्ष हुने प्राविधिकहरूले बताएका छन् । 

Atrya hospital

नेपालमा सडक कालोपत्र गर्न अस्फाल्ट, प्रिमिक्स, डीबीएसटी र ओटासिल गरी चारवटा गुणस्तर प्रविधि चलनचल्तीमा छन् । अस्फाल्ट सबैभन्दा गुणस्तरीय मानिन्छ । धनगढी–स्याउले खण्डमा डीबीएसटी प्रविधिमा कालोपत्र किन गरियो भन्नेमा सम्बन्धित निकायका प्राविधिकहरू डीपीआर नै त्यही भएकाले बदल्न नमिलेको तर्क गरिरहेका छन् । 

डीबीएसटी प्रविधिको कालोपत्रेको लागत सस्तो हुने धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ सडक आयोजनाका प्रमुख दिनेश रैखोलाले बताए । धनगढी–खुटिया १३ दशमलव ४ किलोमिटर खण्ड कालोपत्रका लागि आयोजना कार्यालयले २०७८ जेठ तेस्रो साता खड्का कृष्ण नारायणम् जेभीसँग १८ करोड ५१ लाखमा ठेक्का सम्झौता गरेको थियो । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update