Sagun Khabar
डा.केसी विरुद्ध धनगढीमा संघर्ष समितिको प्रदर्शन
Atrya hospital

कैलाली –धनगढीमा अनसन बसेका डा. गोविन्द केसीको विरोधमा शनिवार प्रदर्शन गरिएको छ । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेशबासीको मागविपरीत केसी अनशन बसेका भन्दै प्रर्दशन गरेको हो । 

संघर्ष समितिले केसी विरुद्ध नाराबाजी समेत गरेको छ । डा. केसी शुक्रवार साँझदेखि शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई प्रतिष्ठान बनाउन माग गर्दै धनगढीस्थित लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका छन् । 

गेटा मेडिकल कलेजमा अनसन बस्ने तयारी गरेका डा.केसीलाई संघर्ष समितिले गेटामा अनसन बस्न नदिएपछि उनी लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन बसेका हुन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर ३०, २०८०  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update