Sagun Khabar
छतबाट खसेर घाइते भएका अनुसन्धानका असईको निधन

कैलाली–कैलालीमा घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान सहायक (असई) को निधन भएको छ ।

धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोल बस्ने अनुसन्धान सहायक रविन्द्र भट्टको धनगढीस्थित निसर्ग हस्पिटलमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दले  जानकारी दिए । 

Atrya hospital

उनी मंगलबार बिहान आफ्नै घरको छतबाट खसेर घाइते भएका थिए । बेहोस अवस्थामा उद्दार गरिएका भट्टको घाँटीको पछाडीको हड्डी भाँचिएको थियो । 

भट्ट राष्ट्रिय अनुसन्धान विभागको महेन्द्रनरमा अनुसन्धान सहायकका रुपमा कार्यरत थिए । भट्टको मूल घर डडेल्धुराको अजयमेरु गाउँपालिका–३ भद्रपुर मटेला हो । 
 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update