Sagun Khabar
दार्चुलामा गत आवमा ९५ मुद्दा फच्र्यौट 
Atrya hospital

दार्चुला –जिल्ला अदालत दार्चुलामा गत आर्थिक वर्ष २०७७÷०७८ मा १४० मुद्दा दर्ता भएका छन् । जसमध्ये ९५ वटा मुद्दा फर्छ्यौट भएका र ४६ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेका अदालतले जनाएको छ । एक वर्ष नाघेका मुद्दा नरहेको बताइएको छ ।

दर्ता भएका मुद्दाहरुमा सबैभन्दा बढी सम्बन्ध विच्छेदका ३२ मुद्दाहरु रहेका छन् । तीमध्ये १४ मुद्दा फर्छ्यौट भइसकेका छन् । त्यस्तै जबरजस्ती करणीका मुद्दा १२ वटा दर्ता भएकामा ११ वटाको फर्छ्यौट भइसकेका छन् । 

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update