कैलाली –कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सीमा नाका गौरीफन्टामा आज ७० जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ । परीक्षण गरिएका अन्य ६८ जनाको रिपोट भने नेगेटिभ आएको छ ।
पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरुमा कोरोना परीक्षण गरिएको छैन् ।
सुदूरपश्चिममा हालसम्म एन्टीजेन विधिबाट ४ लाख ४५ हजार १६१ जनाको कोरोना परीक्षण गरिएकोमा १९ हजार ६३६ जना संक्रमण पुष्टि भएको थियो । यस्तै पिसीआर विधिबाट २ लाख २५ हजार ९२३ जनाको परीक्षण गर्दा ४२ हजार ८४२ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेशभरी दुवै विधिबाट अहिले सम्म ६ लाख ७१ हजार ८४ नमूना परीक्षण गर्दा ६२ हजार ४७८ जनामा कोरोना संक्रमण देखिएको थियो ।
सुदूरपश्चिममा अहिले सम्म कोरोनाका कारण ६ सय ३७ जनाको मृत्यु भइसकेको केन्द्रले जनाएको छ ।