काठमाण्डौं –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति खेदजनक भएको बताएका छन् ।
सभापति लामिछाने सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संस्कृतिमन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति सामाजिक सदभाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमाविपरीतको र अत्यन्तै खेदजनक छ।’
यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? भन्दै सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बुधबार काठमाडौंमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रिष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै मन्त्री किराँतीले क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो भन्दै क्रिश्चियन धर्मको प्रचार–प्रसार गरेका थिए ।