Sagun Khabar
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ बैतडीको बैठक सम्पन्न
Atrya hospital

बैतडी-  नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ बैतडीको बैठक सम्पन्न भएको छ । बैतडीको पाटनमा नेपाल विद्यार्थी संघले निर्वाचनलाई केन्द्रित गरि संगठनलाई एक ढिक्का बनाएर अगाडी बढाउने बिषयमा बैठक सम्पन्न भएको नेविसंघ बैतडीका केन्द्रिय सदस्य कपील केसीले बताए । सगंठनलाई बिस्तार गर्दै १२औँ नेपाल विद्यार्थी संघ निर्वाचनको  बिषयमा केन्द्रित भएर बैठकमा छलफल भएको केन्द्रिय सदस्य केसीले बताए  । 

बैठकले  निर्वाचनलाई लक्षित गरेर यही फागुन पहिलो सातादेखि संगठन विस्तार अभियान सञ्चालन गर्ने, रिक्त रहेका पालिकाहरुमा संयोजक र सह सयोजक  पदपुर्ती गर्ने, निर्वाचन हुने क्याम्पसहरुमा प्रतिनिधि खटाउने  निर्णय भएको कार्यबाहक अध्यक्ष केशब चन्दले बताए ।

सम्पन्न बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य र पालिकाका संयोजकहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update