Sagun Khabar
दार्चुलाको एक घरमा आगलागी हुँदा ४ महिने शिशुको मृत्यु 
Atrya hospital

दार्चुला – घरमा आगलागी हुँदा दार्चुलामा ४ महिने शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–३ होपरीगाडका रणविर टमटाको घरमा आगलागी हुँदा जलेर ४ महिने शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

हिजो बुधवार बेलुकी साढे ७ बजेतिर विद्युत् शर्ट भएर टमटाको २ तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए । 

आगलागीबाट टमाटाको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । आगलागीबाट उनको घरभित्र भएका अन्नपात, लत्ताकपडा र भाँडाकुडा जलेर नष्ट भएका छन् । आगलागीबाट भएको क्षतिको एकीन विवरण भने आउन बाँकी रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:४६
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update