Sagun Khabar
बालकुमारीमा प्रदर्शन : प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या दुई पुग्यो 
Atrya hospital

काठमाण्डौ – रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर ललितपुरको बालकुमारीमा युवाहरुले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको छ । 

शुक्रवार ललितपुरको बालकुमारीमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा  दैलेखका सुजन रावत र डोटीका वीरेन्द्र साह रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।उनका अनुसार गोली लागेर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । 

त्यसअघि प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी गरेका थिए । मन्त्रीको गाडीमा आगजनी र अरु सार्वजनिक गाडीमा तोडफोड गर्न थालेपछि बल प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update